Fri. Apr 26th, 2024

कोरोनाको त्रासका कारण २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउन सिफारिस

- काेभिड-१९ भाइरसको बढ्दो संक्रमण

Ministry-of-Health

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड १९ भाइरसको बढ्दो संक्रमणलाइ ख्याल गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने तथा विद्यालयहरूमा पनि २५ जनाभन्दा बढी विद्यार्थी राखेर कक्षा सञ्चालनमा रोक लगाउने सिफारिस गरेको छ ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतले कोभिड १९ संक्रमण व्यबस्थापन केन्द्रलाई सो सिफारिस गरेको र केन्द्रले यसबारे अन्तिम निर्णय लिने बताउनुभयाे । उहाँले भन्नुभयाे, अहिले विद्यालय नै वन्द गर्ने सिफारिस गरेका छैनौं, हामीले २५ जनाभन्दा बढी एकै स्थानमा जम्मा नहनु यस अघिदेखि नै भन्दै आएको र सो पालना नगरे विद्यालयहरु पनि वन्द गर्नुपर्ने हुनसक्ने बताउनुभयो ।

साथै विद्यालयहरूले समाजिक दूरी कायम राख्नुपर्ने बताउनुभयाे ।  विगत केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिनबाट रोक्न सो सिफारिस गरिएको हो ।

Facebook Comments