Fri. Apr 26th, 2024

बेलायतका राजकुमार फिलिपको निधन

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम रादरबारले घोषणा गरेको छ। राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिवाह गर्नुभएको थियो । त्यो एलिजाबेथले राजगद्दी सम्हाल्नु भन्दा पाँच वर्ष अगाडि थियो।

बकिङ्घम रादरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ रानीले उहाँका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ।” “महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ।”

गत महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज हुनुभएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्। बिबिसी

Facebook Comments