Wed. Apr 22nd, 2026

देउवा निवासमा तीन दलको बैठक आजै बस्ने

       

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित तीन दलका शीर्ष नेताको बैठक आज दिउँसो बस्ने तय भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरी धारणा बनाउने उद्देश्यले तीन दलको बैठक राखिएको जानकारी काँग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू सहभागी हुनुहुने भएको छ ।

Facebook Comments