Sat. Apr 20th, 2024

विश्वकै सबैभन्दा धेरै अर्बपति भएको सहर पैचिंग

- फोर्ब्सका अनुसार पैचिंगमा गत वर्ष ३३ अर्बपति थपिए

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार फोर्ब्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको राजधानी पैचिंग संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको छ। गत वर्ष ३३ जना अर्बपति थपिएपछि पैचिंगमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ।

विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन्। चीनले कोरोनाभाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न पैचिंग सफल भएको हो।

चीनमा धेरै धनाढ्य भए पनि अर्बपतिहरूको कुल सम्पत्तिमा न्यूयोर्क नै अगाडि छ। त्यहाँका अर्बपतिसँग पैचिंगका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति छ। पैचिंगका सबैभन्दा धनी टिकटकका संस्थापक च्याङ यिमिङसँग ३५.६ अर्ब डलर सम्पत्ति छ। न्यूयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वनगरप्रमुख माइकल ब्लूमबर्गसँग ५९ अर्ब डलर सम्पत्ति छ। अघिल्लो संस्करणको तुलनामा चीनमा यो संस्करणमा २१० अर्बपति थपिएका छन्। बिबिसी

Facebook Comments