Thu. Apr 25th, 2024

धुम्बाराही तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार नबिल बैंकले काठमाडौंको धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी सेवा सुरु गर्नु भएको हो ।

अब धुम्बराही तरकारी तथा फलफूल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वामोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्ने बैकले जनाएको छ ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरूर धुम्बराही तरकारी तथा फलफुल केन्द्रका कार्यकारी सदस्यहरु एवं बिक्री केन्द्रका व्यवसायीहरु उपस्थित थिए । राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गर्नु भएको थियो । कारोबार

Facebook Comments