Sun. May 5th, 2024

लन्डनस्थित म्यान्मारको दूतावासमा ‘सैन्य सहचारीको नियन्त्रण’, राजदूतलाई प्रवेश निषेध

- म्यान्मार सैन्य शासन

काठमाडौं, २०७७ चैत २६ गते बिहीबार लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताउनु भएको छ । क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई उनले अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको बताउनु भएको छ ।

समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावास प्रवेश गर्न नदिइएको जानकारी दिनुभएको हो । म्यान्मारमा सेनाले माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन्।

क्व जो मीनले सेनाले नियन्त्रणमा रहनु भएकी नेत्री आङ सान सू चीको रिहाइको माग गर्नुभएको थियो । म्यान्मारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिनका लागि आयोजना गरिएका प्रदर्शनहरूमा ५०० जनाभन्दा बढी सर्वसाधारणहरूको ज्यान गइसकेको छ। तीमध्ये दर्जनौँ बालबालिका पनि छन्।

दूतावासमा प्रवेश गर्न रोकिएको घटनालाई मीनले लन्डनकै बीचमा एक प्रकारको कू भएको सङ्ज्ञा दिएको रोएटर्सले जनाएको छ । बिबिसी

Facebook Comments