Thu. May 2nd, 2024

चैत १ गते माओवादी केन्द्रले राष्ट्रिय भेला गर्ने

काठमाडौं, २०७७ फागुन २५ गते मंगलबार

सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित माओवादी केन्द्रको पहिलो स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले फागुन २९ गते केन्द्रीय समिति बैठक र चैत १ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय लिन भने बुधबार बैठक बस्ने जनाएको छ । त्यस्तै एमालेतिर गएका नेताहरू गृहमन्त्री रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतबारे के गर्ने भन्नेबारे पनि निर्णय गरिने जानकारी दिएको छ ।

बैठकले बुधबारबाट देशभरका कार्यालयहरु समेत सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

Facebook Comments