Fri. May 17th, 2024

एमाले र माओवादी केन्द्र एकीकरण गर्ने भए १५ दिनभित्र आउन निर्वाचन आयाेगको समय सीमा

काठमाडौं, २०७७ फागुन २५ गते मंगलबार

निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी ) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रलाई) अलग अलग रुपमा साविककै दलका रुपमा रहेको जानकारी गराउने निर्णय गरेको छ ।

यसअघि आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र गोपाल किराँतीको नाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रलाई) लाई भने पार्टीको नाम संशाेधन गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादका विषयमा गरेको उत्प्रेषणको आदेशपछि आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । दुबै दल एकीकरण हुने भए १५ दिनभित्र नियमानुसार प्रक्रिया पूरा गरी आउन आयोगले पत्राचार गर्ने निर्णयसमेत गरेको छ । गोरखापत्र

Facebook Comments