Sun. Sep 8th, 2024

बेलायतले चाईना मिडिया ग्रुपको अंग्रेजी समाचारमाथि रोक लगायो

काठमाडौं, २०७७ माघ २४ गते शनिबार

बेलायती सञ्चार व्यवस्थापन व्युरोले चाईना मिडिया ग्रुपको अंग्रेजी समाचार च्यानल सिजिटिएनको प्रसारणलाई बेलायतमा रोक लगाउने निर्णय गरेको छ । सो निर्णयप्रति चाईना मिडिया ग्रुपले अफसोस जनाउनुका साथै कडा विरोध समेत गरेको छ।

सिजिटिएन पहिले चीन केन्द्रीय टेलिभिजनको अंग्रेजी समाचार च्यानल हो। सन् २००० देखि नयाँ अनुहारको रुपमा स्थापना भएको सिजिटिएनले तर्कसंगत तथा सन्तुलित सिद्धान्त लिँदै विश्वभर समाचार प्रसारण गर्दै आएको छ। सिजिटिएनको अंग्रेजी च्यानलले बेलायतमा १८ वर्षदेखि समाचार प्रसारण गर्दै चीन र बेलायतका जनताबीचको आदानप्रदानलाई प्रवर्द्धन गर्दै आएको छ।

सीआरआईका अनुसार सन् २०२० को प्रारम्भिक अवधिमा केही चरम संगठन र चीनविरुद्धको शक्तिको प्रयासमा बेलायत सञ्चार व्यवस्थापन व्युरोले आकस्मिक रुपमा यस च्यानलको बेलायत सञ्चालन अनुमोदनमाथि जाँचबुझ गर्न थालेको हो। यस व्युरोले यस च्यानलको उच्च अन्तर्राष्ट्रिय मिडिया प्रतिष्ठा र १८ वर्षसम्मको निष्पक्ष प्रसारण रेकर्डलाई ध्यान नदिई राजनीतिक विशेषताको निहुँ लिँदै यस च्यानलको सञ्चालन(पत्रलाई रद्द गर्ने फैसला गरेको छ।

Facebook Comments