२०८३ भाद्र ९, मंगलवार

विशेष कारण दर्शाउँदै प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

       

काठमाण्डू । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार अब उक्त बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्नेछ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक भोलि भदौ १० गतेका लागि पुनः निर्धारण गर्नुभएको हो ।

“विशेष कारणवश आज निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखज्यूले भदौ १० गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments