राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य
काठमाडौं, २०७७ पुस २६ गते आईतबार
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन २०७७ साल पुस २६ गते आइतबारका दिन राती १२ः०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपतिद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।
Facebook Comments