Sat. May 4th, 2024

बुद्ध एयरले जनवरी एक देखि विराटनगर–पोखरा उडान गर्ने

विराटनगर, २०७६ मंसिर १० गते मंगलबार ।

बुद्ध एयरले प्रदेश १ को विराटनगर र भद्रपुरबाट पोखरासम्मको ट्रान्जिट उडान सुरू गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर जनवरी १ देखि विराटनगर र भद्रपुरबाट ट्रान्जिट उडान सुरू गर्ने भएको हो।

आइतबार विराटनगरमा सरोकारवालास“गको अन्तरक्रियामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ राजधानी विराटनगर र झापाको पुरानो सदरमुकाम भद्रपुरबाट काठमाडौं ट्रान्जिट हु“दै पोखरा उडान सुरू गर्ने घोषणा गर्नुभएको हो। प्रदेश १ सरकारको पहलमा अन्तरप्रादेशिक उडान सुरू हुन लागेको राईले बताउनु भयो।

विराटनगर र भद्रपुरबाट सुरू हुने उडानले पूर्वी नेपाल लगायत भारतका विभिन्न प्रान्तका पर्यटकलाई पोखरा, मुक्तीनाथ लगायत क्षेत्रको भ्रमण गर्न सहज हुने उहाँले बताउनु भयो। राईले हाललाई ट्रान्जिट उडान गर्न लागिए पनि निकट भविश्यमै विराटनगर–पोखरा र भद्रपुर–पोखरा सिधा उडान भर्न बुद्ध एयरलाई आग्रह पनि गर्नुभयो। प्रदेश सरकारले विराटनगर–पोखरा उडानका लागि भारतमासमेत प्रचारप्रसार गरी पश्चिम नेपाल घुम्न चाहने भारतीय पर्यटकलाई आकर्षित गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत राईले जनाउनु भयो।

विराटनगर र भद्रपु्रबाट पोखरा ट्रान्जिट उडान सुरू भएपछि नेपालकै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने दाबी राईको छ। उहाँले भन्नु भयो, ‘प्रदेश १ बाट सुरू भएको ट्रान्जिट उडानले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ।’ प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री जगदिश कुसियतले प्रदेश १ बाट सिधा उडान गर्ने व्यवस्था मिलाउन बुद्ध एयरलाई आग्रह गर्नुभयो।

प्रदेश १ लगायत भारतका विभिन्न सहरबाट समेत ठूलो संख्यामा पर्यटकहरू पोखरा, मुक्तीनाथलगायत पर्यटकीय क्षेत्र घुम्न नियमित जाने भएकाले प्रदेश १ बाट पोखरा सिधा उडान सम्भव रहेको कुसियतको दाबी छ। उनले भने, ‘यहा“बाट पोखरा, मुक्तीनाथलगायत क्षेत्रमा भ्रमण गर्न स्वदेशी तथा भारतीय पर्यटक ठूलो संख्यामा जाने भएकाले विराटनगर र भद्रपुरबाट पोखरा सम्मको सिधा उडान सुरू गर्न बुद्ध एयरलाई आग्रह गर्दछु।’ उहाँले विराटनगरबाट माउन्टेन फ्लाइट र प्रदेश १ का सबै विमानस्थलमा उडान सुरू गर्न पनि बुद्ध एयरलाई आग्रह गर्नुभयो।

बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले परीक्षण उडानका रुपमा विराटगर–पोखरा ट्रान्जिट उडान सुरू गर्न लागिएको जानकारी दिनुभयो। विराटनगरबाट काठमाडौं हु“दै पोखराका लागि ट्रान्जिट उडान ६ महिना परीक्षण गरिने बस्नेतले बताउनु भयो। सातामा दुई सय यात्रु आवतजावत भए तीनवटा सातामा फ्लाइट सम्भव हुने बस्नेतको भनाइ छ। नागरिक न्यूज अनलाईनबाट ।

Facebook Comments