Thu. Apr 25th, 2024

चालिसौँ भाषाविज्ञान सम्मेलन कीर्तिपुरमा सुरु

काठमाडौं, २०७६ मंसिर १० गते मंगलबार ।

देश–विदेशका भाषा विज्ञहरुसहितको चालिसौँ भाषाविज्ञान सम्मेलन कीर्तिपुरमा मंगलबारबाट सुरु भएको छ । भाषा विज्ञान समाज नेपालको वार्षिक सम्मेलन त्रिभुवन विश्वविद्यालयको सेडा हलमा सुरु भएको हो ।

आजको खवर अनलाईनका अनुसार समाजका अध्यक्ष भीम नारायण रेग्मीको सभापतित्वमा भएको सम्मेलनको प्रमुख आतिथ्यता विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले गर्नुभएको थियो । मंगलबार बिहान भएको उद्घाटन सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगत्प्रसाद उपाध्याय, भाषा आयोगकी सदस्य उषा हमाल, भाषा विज्ञान केन्द्रीय विभागका प्रमुख, मानविकी संकायका डीनलगायत विभिन्न विभागका प्रमुखहरु, प्राध्यापकहरु तथा विशिष्ट भाषाशास्त्रीहरुको ठूलो सहभागिता रहेको थियो ।

सम्मेलनमा नेपाल, भारत, जापान, हङकङ, अमेरिका, दक्षिण कोरिया, न्यूजिलैण्ड, बंगलादेश, लेबनन लगायतका देशका विद्वानहरुले कार्यपत्रसहित सहभागिता जनाएका छन् ।

सम्मेलन मंगलबार र बुधबार दुई दिन सञ्चालन हुने समाजका महासचिव डा। कर्णाखर खतिवडाले जानकारी दिनुभयो।

Facebook Comments