Wed. Apr 17th, 2024

दाहाल-नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र बालुवाटारमा बुझायो

काठमाडौं, २०७७ माघ ५ गते सोमबार

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ ।

माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुग्नु भएको थियो ।

Facebook Comments