Thu. Apr 25th, 2024

सुनसरीको सिमरियामा माईक्रो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं, २०७७ माघ ६ गते मंगलबार

सुनसरीको दुहवी इनरुवा सडक खण्ड अन्तर्गत सिमरियामा माईक्रो दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

मंगलबार विहान माईक्रोले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक महिला सहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार बिराटनगरबाट राजबिराजतर्फ आउँदै गरेको माइक्रोले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा प्रदेश १-०२-००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा  मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डलको घटनास्थलमै ज्यान गएको छ । त्यसैगरी माइक्रोको सह चालक सप्तरी घर भएका शंकर कुमार यादवको समेत मृत्यु भएको छ । मृतक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

मोटरसाइकललाई ठक्कर दिएको माईक्रो सडक किनारमा पल्टेको थियो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । उनीहरुको उपचार विराटनगर र इनरुवा अस्पतालमा जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

Facebook Comments