Wed. May 15th, 2024

उपमन्त्री क्वो ए चौ नेतृत्वको चिनिया टोली काठमाडौं अवतरण, नेकपाका शिर्षस्थ नेतासँग छलफल हुने

काठमाडौं, २०७७ पुस १२ गते आईतबार

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री क्वो ए चौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आई पुगेको छ ।

नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको सो टोली केही समय पहिले एअर चाइनाको उडानबाट छन्तु हुँदै काठमाडौं आइपुगेको हो । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग सोमबार बिहान ९ / ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

बालुवाटार स्रोतले भने ‘उपाध्यक्ष वामदेव गौतम र स्वयम् उत्तरी छिमेकीले बेलैमा आफ्ना कुरा स्पष्टसँग राखेको भए नेकपा र मुलुकको राजनीति यो हालतमा नपुग्ने’ निचोड निकालेको बताइएको छ । टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्नेछ ।

स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी बृफिङ्ग लिने योजना थियो । तर,त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ । नेकपा बहुमतले प्रतिनिधिहरूले दूतावासमा भेटवार्ता गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो नगर्न चिनियाँ पक्षलाई सुझाएको बताइन्छ ।

Facebook Comments