Wed. May 15th, 2024

प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राई अल्पमतमा पर्ने पक्का

विराटनगर, २०७७ पुस १२ गते आईतबार

प्रदेश नम्बर एकका तीन जना मन्त्रीहरुले आइतबार बिहान राजीनामा दिनु भएको छ । राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास हुनुुहुन्छ । राजीनामा दिने तीनै जना मन्त्रीहरु नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर हुनुुहुन्छ ।

तीन मन्त्रीहरुको राजीनामाले मुख्यमन्त्री शेरधन राईको कुर्सि हल्लिने पक्का छ । यसैबीच दाहाल-नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आजै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल-नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई हटाउनु भएको थियो । नेकपा भित्र गुम्सिएको असन्तोष र हानाथापको आगो प्रतिनिधिसभा विघटनपछि देशै भरी फैलिएको छ ।

पद, प्रतिष्ठा, अवसर, नाफा, घाटाको आगोले अन्ततः निक्कै मेहनत गरेर बनेका प्रदेश सरकारहरु आन्तिरिक कलहकै कारण तासको घर जस्तै गरि ढल्ने चरणमा छन् । नेकपा भित्रको गुटगत उकुुसमुकसको हावाले अन्तत्वगत्वा मुख्यमन्त्री राईलाई अल्पमतमा पारेको छ ।

Facebook Comments