Sun. May 5th, 2024

छाङ अ-५ अभियान सफल भएकोमा चीनका राष्ट्राध्यक्ष सीको बधाई

- "यो ऐतिहासिक उपलब्धिलाई चीन र चिनिया जनताले युगौ युग सम्झिरहनेछन् ।"

काठमाडौं, २०७७ पुस २ गते बिहीबार

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चन्द्रमा अन्वेषण अभियान पूर्ण रुपमा सफल भएकोमा बधाई ज्ञापन गर्नु भएको छ ।

चीनको छाङ् अ-५ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान बिहीवार पृथ्वीमा फर्किए लगत्तै राष्ट्राध्यक्ष सीले बधाई सन्देश दिनु भएको हो ।

राष्ट्राध्यक्ष सीले चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चीनको राज्य परिषद तथा केन्द्रीय सैन्य आयोगको तर्फबाट चीनको छाङ् अ-५ अभियानमा रहेर कुशलता एवम् ईमान्दारीसाथ कार्यसम्पादन गर्नुहुने अभियान दलका सम्पूर्ण सदस्यहरुलाई न्यायो अभिवादन सहित हार्दिक बधाई तथा शुभकामना दिनु भएको छ ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले छाङ् अ-५ अभियानको सफलताले चन्द्रमाको उत्पत्ति तथा सौर्यमण्डलको विकासको इतिहास सम्बन्धि जानकारीलाई गहन रुपमा अध्ययन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्राध्यक्ष सीले  भन्नुभयो, “चीनको सबैभन्दा जटिल परियोजनाको रुपमा छाङ् अ-५ अभियानले अलौकिक उपलब्धि हासिल गर्दै चन्द्र धरातलबाट नमूना शंकलन गरि पहिलो पटक सफलतापूर्वक फिर्ता आएको छ । कठीन परिस्थीति र विभिन्न चुनौतीलाई पार गर्दै चीनले अन्तरिक्ष यात्रामा नयाँ उपलब्धि हासिल गरेको छ । राष्ट्रिय श्रोत र शक्तिको प्रयोग मार्फत यो नयाँ प्रणालीमा चीनले ठूलो फड्को मारेको छ ।”

राष्ट्राध्यक्ष सीले  भन्नुभयो, “यो ऐतिहासिक उपलब्धिलाई चीन र चिनिया जनताले युगौ युग सम्झिरहनेछन् ।”

Facebook Comments