Fri. May 3rd, 2024

टोखा नगरपालिका र तिब्बतको नाछ्यु नगरबीच भगिनी सम्बन्ध स्थापना

Tokha Naqu

काठमाडौं, २०७७ पुस २ गते बिहीबार

काठमाडौंको टोखा नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत स्थित नाछ्यु नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सन् २०१९ को अगष्ट १३ तारिखका दिनभगिनी सम्बन्ध स्थापनाको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका दुई नगरले आज विस्तृत समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

Tokha Naqu

एक भर्चुअल कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नाछ्यु नगरपालिकाका नगरप्रमुख साइरेन लाङ्गोङले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । भगिनी सम्बन्ध स्थापनाका लागि टोखा नगरपालिकाको छैठौँ नगर सभा मार्फत स्वीकृति प्रदान गरे पनि मन्त्रीपरिषद बैठकबाट भने स्वीकृति प्राप्तगर्ने तयारी मै रहेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै नगरप्रमुख अधिकारीले नेपाल-चीनबीच परापूर्व कालदेखि नै घनिष्ठ सम्बन्ध रहिआएको बताउनु भयो । इतिहासदेखि नै नेपाल र चीनबीच आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध स्थापित भएको उँहाको भनाई थियो । गतबर्ष चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण दुई देशको मित्रताको कोशेढुंगा सावित भएको उँहाले बताउनुभयो ।

नाछ्यु नगरपालिकाले कोभिड १९ नियन्त्रणमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको स्मरण गर्दै नगरप्रमुख अधिकारीले नाछ्युमा कोभिड विरुद्दको खोप सफलतापूर्वक प्रयोगमा आएपश्चात त्यसको लाभ लिन सक्ने कुरामा टोखा नगरपालीका आशावादी रहेको समेत बताउनुभयो ।

 

 

Facebook Comments