Fri. May 3rd, 2024

पेट्रोलियम पदार्थमा पुन: मूल्य बृद्धि

Petrol

काठमाडौं, २०७७ मंसिर २७ गते शनिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । आज (शनिबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री प्रति लिटर १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको प्रतिलिटर ९१ रुपैयाँ कायम गरिएको निगमले जानाएको छ ।अनलाईन खवरका अनुसार डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजन गरिएको निगमको बताएको छ ।

Facebook Comments