Sat. Apr 20th, 2024

सर्लाहीका उखु किसानले आज माइतीघरमा प्रदर्शन गर्ने

फाईल फोटो

काठमाडौं, २०७७ मंसिर २८ गते आईतबार

चिनी मिलहरुबाट भुक्तानी नपाएपछि ​सर्लाहीका उखु किसानहरुले आज विहान ११ वजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।

गत वर्ष पनि रकम भुक्तानीको माग राख्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि उनीहरु फर्किएका थिए ।

चुचेढुंगो उही टुंगो भने जस्तै यस वर्ष पनि आन्दोलन नगरि भुक्तानी पाउने संभावना नदेखेपछि आफुहरु काठमाडौं आएको सर्लाहीका किसान राकेश मिश्रले बताउनुभयो । मिश्रका अनुसार केही किसानहरु शनिवारै काठमाडौं आईसकेका छन् भने केही आज विहानसम्ममा आईपुग्ने छन् । प्राप्त जानकारी अनुसार आज झण्डै एक हजार जना किसानले माईतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।

तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

Facebook Comments