Fri. May 17th, 2024

कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको संख्या १६ लाख भन्दा बढि

काठमाडौं, २०७७ मंसिर २७ गते शनिबार

महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १६ लाख भन्दा बढी पुगेको छ ।

झण्डै एक वर्षदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १६ लाख ३ हजार ५ सय जनाको ज्यान गएको वल्डओ मिटरले जनाएको छ । संक्रमणको कारण ज्यान गुमाउनेहरुको संख्या अमेरिकामा मात्र ३ लाख भन्दा बढि रहेको छ । प्राप्त जानकारी अनुसार अहिलेसम्म संक्रमण फैलिएका २ सय १८ देशका ७ करोड १५ लाख ६ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ४ करोड ९७ लाख ८० हजार ६ सय ७८ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट नेपालमा हालसम्म २ लाख ४७ हजार ५ सय ९३ जना संक्रमित भएको पुष्टि गरिएको छ भने १ हजार ६ सय ८९ जनाको ज्यान गैसकेको छ । त्यसैगरी हालसम्म १८ लाख २५ हजार ६ सय ८० जनाको कोरोना परिक्षण गरिएको छ ।

पछिल्लो जानकारी अनुसार २ लाख ३४ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् ।

Facebook Comments