२०८३ भाद्र १८, बिहीवार

कर्णाली प्रदेश अस्पतालका वरिष्ठ डाक्टरकाे काेराेनाबाट ज्यान गयाे

       

काठमाडौं, २०७७ असोज १५ गते बिहीबार

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक जना डाक्टरकाे कोरोना सङ्क्रमणका कारण बिहीबार ज्यान गएकाे छ ।

उज्यालो अनलाईनका अनुसार कोरोना सङ्क्रमण भएपछि भेरी अस्पतालमा भर्ना हुनुभएका सुर्खेत प्रादेशिक अस्पतालका डाक्टरकाे बिहीबार दिउँसाे ज्यान गएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँ प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थाेपेडिक सर्जनकाे रुपमा कार्यरत हुनुहुन्थ्याे ।

कोरोना सङ्क्रमण भइ गम्भीर बिरामी भएपछि उहाँलाई केही दिनअघि प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो ।

Facebook Comments