Mon. Apr 29th, 2024

बल्ल आयो रेल ! स्थानीयवासीमा हर्षको सीमा नै रहेन

जनकपुरधाम, २०७७ असोज २ गते शुक्रबार

लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ। कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । रेल विभागले कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ ।

रेल्वे विभाग नेपालले जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर-जयनगर हुँदै जनकपुरधाम सम्म ल्याइएको हो। लामो समयको प्रतिक्षापछि बहुप्रतिक्षित कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको साईट इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो।

कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीसँग सम्झौता गरेको थियो। एक पटकमा १३ सय यात्रु अटाउने क्षमता रहेको रेल हेर्न हजारौं सर्वसाधारणहरुको विभिन्न स्नेशनमा भीड लागेको थियो।  रेल आइपुग्दा खुशी भएका स्थानीय तस्बिर खिच्न तछाडमछाड गरिरहेका थिए।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएको थियो । नेपालकै झन्डा अंकित रेल आएपछि जनकपुरमा स्थानीयले खुशीयाली मनाएका छन् ।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो । तर, रेल नेपाल वा भारत कुन देशले किन्ने भन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन सकेको थिएन।

Facebook Comments