Mon. Apr 29th, 2024

पूर्ण सिट क्षमतामा आन्तरिक जहाज उड्न पाउने मन्त्रालयको अनुमती

काठमाडौं, २०७७ असोज २ गते शुक्रबार

आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान दिन भनेको छ ।

यसअघि सरकारले ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निर्णय गरेपछि वायु सेवा सञ्चालक सङ्घले जहाज नै नउडाउने निर्णय गरेको थियो । त्यसपछि पर्यटन मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

उज्यालो अनलाईनका अनुसार मन्त्रालयकाे याे प्रस्तावलाई मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले अनुमति दिएकाे थियाे । अब कुल उडान सङ्ख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान हुनेछन् तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् ।

‘२५ प्रतिशत मात्र उडान हुने, यात्रुले स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने छ’, मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ ।

Facebook Comments