Sun. Apr 28th, 2024

सिन्धुपाल्चोकमा ६ रेक्टर स्केलको भूकम्प, सिन्धुपाल्चोकका सीडीओ भन्छन्-भूकम्पले पहिरोको थप जोखिम बढ्यो

सिन्धुपाल्चोक, २०७७ भदौं ३१ गते बुधबार

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । पहिरो र भूकम्पले धेरै क्षति गरेको सिन्धुपाल्चोकमा फेरि गएको अर्को भूकम्पले विपत् थप्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ ।

गोरखापत्र अनलाईनका अनुसार केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरोमा परेकाहरुको उद्धारमा रहनु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले आफू केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्याहाँको प्रहरी र स्थानीय जनप्रतिनिधिसँग बुझ्दा कुने क्षतिको विवरण नआएको बताउनुभयो ।

भूकम्पले जोडले हल्लाए पछि स्थानीयहरु घर बाहिर आएका र स्थानीयमा त्रास भएको बताउनुभयो ।

Facebook Comments