Sat. Jul 27th, 2024

निवर्तमान अर्थमन्त्री खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा

काठमाडौं, २०७७ भदौं ३१ गते बुधबार

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त हुनु भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको हो ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि ०७६ फागुन २० गते राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री ‌ओलीले पुन: २१ गते सोही पदका लागि नियुक्त गरेका थिए । तर संवैधानिक व्यवस्था अनुसार सांसद नभएका व्यक्ति ६ महिनाभन्दा मन्त्री हुन नपाउने भएकोले उनले ६ महिना पुग्न एक दिनअघि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीसँगको आत्मियताकै कारण अर्थमन्त्रीबाट राजीनामा दिएको १० औं दिनमा दिनमा नै खतिवडाले पुनः सिंहदरबार प्रवेशको अवसर पाएका छन् । जनस्तरबाट खासै नरुचाइएका खतिवडाको फिर्तीलाई उद्योगी व्यवसायीले सकारात्मक मानेका छन् ।

गत फागुनमा २ वर्षे कार्यकाल पुरा गरेपछि प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यमा पुनः खतिवडालाई मनोनित सदस्यका रुपमा ल्याउन चाहेका थिए । तर, बामदेव गौतम आकांक्षीका रुपमा उभिएपछि संविधानतः ६ महिना राष्ट्रियसभा सदस्य नरहेपनि खतिवडाले अर्थमन्त्रीका रुपमा दोस्रो कार्यकाल पुरा गरे ।

अनलाईन खवरका अनुसार प्रधानमन्त्रीसँगको आत्मियताकै कारण अर्थमन्त्रीबाट राजीनामा दिएको १० औं दिनमा नै खतिवडाले पुनः सिंहदरबार प्रवेशको अवसर पाउनु भएको छ। जनस्तरबाट खासै नरुचाइएका खतिवडाको फिर्तीलाई उद्योगी व्यवसायीले सकारात्मक मानेका छन् ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार हुँदाहुँदै पनि सरकारले डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्री परिषद्को सोमबार साँझ बसेको बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा सहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई नियुक्ति गर्न विशेष आर्थिक सल्लाहकारको पद सृजना गर्नु भएको हो । पूर्व अर्थ सचिव लाल शंकर घिमिरे सरकारका आर्थिक सल्लाहकार हुनुहुन्छ । खतिवडाको बहिरगमनसँगै अर्थ मन्त्रालय मन्त्री विहिन छ । प्रधानमन्त्री ओलीले नै अर्थ मन्त्रालय आफुसँग राख्नु भएको छ । प्रधानमन्त्रीले आफुलाई मनपरेका मानिसहरुलाई नियुक्ति गर्न चाँही नभएको पद पनि सृजना गर्न मिल्ने रहेछ नेकपाका एक नेताले भन्नुभयो पार्टी भित्र योग्यता, क्षमता र पार्टीमा लामो समय योगदान दिएका नेताहरुको कमि छ भनि असन्तुष्टि जनाउनु भएको छ ।

Facebook Comments