२०८३ आश्विन ४, आइतवार

एमसीसी परियोजनाको विरोधमा माओवादीका विभिन्न भातृ सङ्गठनद्वारा प्रदर्शन

       

काठमाडौं,२०७७ जेठ २२ गते बिहीबार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) खारेजीको माग गर्दै माइतीघरमा बुधबार प्रदर्शन गरिएको छ ।

नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ सङ्गठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षड्यन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ ।

उज्यालो अनलाईनका अनुसार प्रदर्शनमा सहभागी विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए घरघरमा पुगेर आन्दोलन गर्ने बताउनुभयो । एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरे पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ ।

बुधबार नै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटनाकाे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । २१ औँ शताब्दीमा पनि मान्छे मान्छेबीच हुने विभेद अन्त्य हुन नसकेको भन्दै प्रर्दशनकारीहरुले दुःख व्यक्त गरेका छन् ।

Facebook Comments