Fri. May 22nd, 2026

एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

       

काठमाडौं,२०७७ जेठ २२ गते बिहीबार

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।

एमसीसीको विरोधमा मंगलबार दिउँसो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

देश सञ्चार अनलाईनका अनुसार उनीहरुले सडकको बिचमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरुले आन्दोलन जारी रहने बताएका छन्।

तस्विर वर्षा शाह, देश सञ्चार अनलाईन

Facebook Comments