Fri. Sep 20th, 2024

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज, प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेट

काठमाडौं, २०७७ बैशाक १२ गते शुक्रबार

सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नुभएको हो ।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि मन्त्रिपरिषद्को बैठकले दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

 दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो । आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको  हो भनि उज्यालो अनलाईनले समाचार लेखेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकशित पछिल्ला घटनाक्रम बारे नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएकाे छ । साेही क्रममा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि संयुक्त छलफल भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे ।

भेटमा पछिल्लो परिस्थितिका बारेमा छलफल हुनुका साथै  परस्पर समझदारीमा जाेड दिइएकाे बताइएकाे छ । भेटका क्रममा सभापति देउवाले प्रधानमन्त्री समक्ष दुबै अध्यादेश फिर्ता लिनु उचित कदम भएको बताउनुभएको छ ।

त्यस्तै, सभापति देउवाले कोरोना भाइरसको व्यापक परीक्षण अहिलेको आवश्यकता भएकाले समुदाय स्तरमा व्यापक परीक्षण गर्नपर्ने र स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका आवश्यक सामाग्री यथासिघ्र पुर्याउन पर्नेमा जोड दिनुभएकाे नेपाली काँग्रेसका सचिव कृष्णप्रसाद पाैडेलले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे छ ।

उहाँले श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनमा जोड दिनुका साथै विदेशमा रहेका नेपाली उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गरेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभएकाे विज्ञप्तिमा उल्लेख छ भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Comments