Sat. Jan 24th, 2026

महामारीकै समयमा पनि अमेरिकी कम्पनीको चीनमा भारी लगानी

       

काठमाडौं, २०७७ बैशाक १२ गते शुक्रबार

अप्रिल २२ तारिख लगभग १० अर्ब अमेरिकी डलरको कुल लगानीमा एक्जोन मोबिल क्वाङ तोंङ ह्वै चौ इथाइलिन परियोजना औपचारिक रूपमा शुरु भएको छ।

अमेरिकी कम्पनीले चीनमा निर्माण गरेको पहिलो ठूलो पेट्रोकेमिकल परियोजनाको रूपमा यसले सबैको ध्यान तानेको छ। वर्तमानमा विश्व महामारीको बिरूद्ध लड्नको लागि एक विशेष अवधिमा छ। यस समयमा चीनमा उदार र दीर्घकालीन लगानी छनौट गर्ने, जसले एक्सोन मोबिल विश्व-स्तरको पेट्रो रसायन विशाल कम्पनीले चीनमा दृढ विश्वास र आशावादी अपेक्षाहरू राखेको छ।

यो आत्मविश्वास र अपेक्षा कहाँबाट आयो? चीनको उत्तम पूर्वाधार र औद्योगिक सहयोगी सुविधाहरूबाट मात्र नभई चीनको निरन्तर विस्तार र लगानी वातावरणको निरन्तर अनुकूलताबाट आएको हो।

महामारीपछि केही अमेरिकी राजनीतिज्ञहरूले चीन-अमेरिका औद्योगिक शृङ्खला “सम्बन्ध विच्छेद” हुने आशा गरेका छन्। अहिले, चीनमा १० अर्ब अमेरिकी डलरको परियोजना शुरु भएको छ। जसले औद्योगिक शृङ्खला “चीन बहिस्कार”को कथित भ्रमलाई स्पष्ट रूपमा प्रतिकार गरेको छ। सीआरआई नेपाली सेवाबाट

Facebook Comments