चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको स्वागत
- एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) को ३३ औँ शिखर सम्मेलन
पैचिङ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शन चन पाउ आन अन्तर्राष्ट्रिय विमानस्थलमा एशिया प्रशान्त आर्थिक सहयोग संगठन (एपेक) नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुन चीन आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आज अपरान्ह स्वागत गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले चालू वर्षको सेप्टेम्बर महिनामा अमेरिकाको भ्रमण गर्दा राष्ट्रपति ट्रम्प र श्रीमतीले विशेष गरी विमानस्थलमा स्वागत गर्नुभएको र भव्य स्वागत समारोहको आयोजना गर्नुभएको कुरा बताउनुभयो। सीले ट्रम्पलाई फेरि चीनको भ्रमण गर्न स्वागत गर्नुका साथै ट्रम्पसँग चीन र अमेरिकाको सम्बन्ध, एशिया प्रशान्तको सहकार्य र विश्वको संरचनासम्बन्धी विषयहरूबारे वैचारिक आदान-प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
ट्रम्पले राष्ट्राध्यक्ष सी चिनफिङले विमानस्थलमा स्वागत गर्नुभएकोमा र विशेष व्यवस्थापनप्रति कृतज्ञता ज्ञापन व्यक्त गर्नुभयो, फेरि महान चीन आएकोमा खुशी लागेको कुरा बताउनुभयो।

