Sun. Nov 24th, 2024

लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई

काठमाण्डू, २०८० माघ १ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गर्नुभएको छ ।

नेपाल मगर संघले आज माघी पर्वको अवसर पारेर काठमाण्डूको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताउनु भयो । उहाँले नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

Facebook Comments