२०८३ कार्तिक ११, बुधवार

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्लेनरी सत्रका कार्यसूचीहरू सार्वजनिक, पार्टीको सुशासन र कार्यप्रगति मुख्य प्राथमिकतामा

       
पैचिङ (चीन) । चिनियाँ कम्युनिष्ट पार्टी (CPC) केन्द्रीय समितिको आगामी प्लेनरी सत्रमा प्रस्तुत हुने मुख्य कार्यसूची तथा एजेन्डाहरू सार्वजनिक गरिएको छ। यस वर्ष (सन् २०२६) को सत्रमा मुख्यतया दुईवटा महत्वपूर्ण विषयहरूमाथि छलफल तथा समीक्षा हुने भएको छ।
१. राजनीतिक ब्युरोको कार्य प्रतिवेदन प्रस्तुत: सत्रको पहिलो प्रमुख कार्यसूचीमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो (Political Bureau) ले आफ्नो कार्य प्रतिवेदन प्रस्तुत गर्नेछ र प्लेनरी सत्रले यसमाथि विस्तृत रूपमा सुनुवाइ तथा समीक्षा गर्नेछ।
२. पार्टीको सुशासनसम्बन्धी दस्तबेजको समीक्षा: सत्रको अर्को महत्त्वपूर्ण एजेण्डा ‘पूर्ण र कठोर पार्टी स्वशासन’ (Full and rigorous Party self-governance) सँग सम्बन्धित रहेको छ। सत्रले दृढताका साथ पूर्ण र कठोर पार्टी स्वशासनलाई सुदृढ पार्नेबारे केन्द्रीय समितिको निर्णयसम्बन्धी दस्तबेजको समीक्षा गर्नेछ।
दस्तबेजले समेट्ने मुख्य क्षेत्रहरू:
  • नयाँ युगका उपलब्धिहरूको समीक्षा: नयाँ युगमा पूर्ण र कठोर स्वशासनलाई अगाडि बढाउने सन्दर्भमा पार्टीले हासिल गरेका उपलब्धिहरू र अनुभवहरूको मूल्याङ्कन गरिनेछ।
  • चुनौतीहरूको आकलन: पार्टी निर्माणका क्रममा हाल देखिएका र सामना गर्नुपकेका चुनौतीहरूको गहिरो मूल्याङ्कन गरिनेछ।
  • रणनीतिक योजना: यी प्रयासहरूलाई निरन्तरता दिनका लागि भविष्यका खाका र रणनीतिक योजनाहरू तर्जुमा गरी निर्धारण गरिनेछ।
चिनियाँ कम्युनिष्ट पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक अनुशासन र वैचारिक स्पष्टताका लागि यो प्लेनरी सत्रलाई अत्यधिक महत्त्व दिएर हेरिएको छ।
  • यो प्लेनरी सत्र सन् २०२६ अक्टोबर २६ (सोमबार) बिहानदेखि सुरु भएको हो।

  • अवधि: यो सत्र अक्टोबर २६ देखि बिहीबार (अक्टोबर २९) सम्म सञ्चालन हुनेछ। CGTN

Facebook Comments