Sun. May 19th, 2024

काठमाण्डूको टुडिखेलमा मगर र थारु समुदायद्वारा विशेष माघी महोत्सवको आयोजना

काठमाण्डू, २०८० माघ १ गते सोमबार । आज माघेसक्रान्तिको अवसरमा काठमाण्डूको टुँडिखेलमा मगर र थारु समुदायले आफ्नो विशेष र राष्ट्रिय पर्वको रुपमा माघी माघेसकाराती विशेष मेला आयोजना गरी मनाएका छन् ।

सो अवसरमा थारु समुदायले वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म -याली समेत गरेका थिए भने मगर समुदायले भृकुटीमण्डपबाट झाँकीसहितको र्याली निकालेका थिए । सो मेलामा माघी पर्वमा पाक्ने परिकारहरु मगर र थारू पहिरनले झकिझकाउ बनाईएको थियो । मेलामा थारु परिकारहरु ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएको थियो भने मगर समुदायको बारा, सेल, बंगुरको मासु, तरुल लगायतका परिकारहरु राखिएको थियो ।

माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु समुदायमा प्रस्तुत गरेका थिए भने मगर समुदायले यस बर्ष मगर समुदाय भित्र रहेका विभिन्न नाँचहरुमध्ये कौरारा नृत्यलाई विशेष रुपमा प्रस्तुत गरेका थिए ।माघेसकराती पर्वलाई चेली पुज्ने पर्व र नयाँ बर्षको रुपमा मनाउने गर्दछन् ।

Facebook Comments