Mon. May 11th, 2026

छिन काङ र ७७औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष कोरोसीबीच भेटघाट

       

काठमाण्डु, २०७९ माघ २१ गते शनिबार । चीनका परराष्ट्रमन्त्री छिन काङले पैचिङमा ७७औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटघाट गर्नुभएको छ।

शुक्रबार भएको सो भेटमा छिन काङले वर्तमान विश्वमा विश्वव्यापी चुनौती धेरै रहेको बताउँदै विभिन्न पक्षहरू संयुक्त राष्ट्र संघप्रति आशावादी बनेको बताउनुभयो। साथै उहाँले चीनले संयुक्त राष्ट्र संघीय महासभा र संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्षको कार्यको निरन्तर रुपमा समर्थन दिने कुरा बताउनुभयो। सीएमजी

Facebook Comments