Sun. Apr 28th, 2024

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डु, २०७९ माघ २१ गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीले गृह मन्त्राय आफ्नो पार्टीलाई नदिए सरकार छाड्ने सम्मको दबाबसहित प्रधानमन्त्री प्रचण्डलाई सोचविचारको लागि दिएको दुई दिनको अल्टिमेटम आज पुरा हुनै लागेको अवस्थामा भएको ओली र प्रचण्डबीचको भेटलाई महत्वका साथ हेरिएको छ ।

Facebook Comments