Tue. Apr 23rd, 2024

चीनले श्रीलङ्काको ऋण म्यादलाई लम्ब्यायो

काठमाण्डु, २०७९ माघ २१ गते शनिबार । श्रीलङ्काको अल्पकालीन ऋण तिर्ने दबाब कम गर्न चीनले सन् २०२२ र २०२३ को ऋण म्यादलाई लम्ब्याएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले फेब्रुअरी ३ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

प्रवक्ता माओ निङका अनुसार, जनवरी १९ मा चीनको आयात-निर्यात बैंकले द्विपक्षीय आधिकारिक ऋणदाताको रूपमा श्रीलङ्काको अर्थ मन्त्रालयलाई वित्तीय सहायता दस्तावेज प्रदान गरेको छ । मित्रवत छिमेकी र इमान्दार मित्र भएको नाताले भ्याएसम्म श्रीलङ्काको आर्थिक र सामाजिक विकासमा सदैव सहयोग गर्दै आएको पनि चीनको भनाइ छ। चीन आयात-निर्यात बैंकले श्रीलङ्कालाई वित्तीय सहायता दस्तावेज प्रदान गर्नुको उद्देश्य अल्पकालीन आपतकालीन राहत साथैमध्यम र दीर्घकालीन ऋण समस्या समाधान तरिकाको संयोजन गर्ने कदममार्फत् श्रीलंकाको ऋण समस्यालाई छिटो र प्रभावकारी रूपमा समाधान गर्नु हो। श्रीलंकाको ऋण संकटपछि स्वेच्छाले श्रीलङ्काको ऋणको म्यादलाई लम्ब्याउने घोषणा गरेको पहिलो द्विपक्षीय आधिकारिक ऋणदाता चीन नै हो।

एकै समयमा यस्तै कदमहरू अपनाउँदै प्रभावकारी र बलियो समर्थन प्रदान गरी श्रीलङ्कालाई यथाशीघ्र हालको ऋण कठिनाइबाट बाहिर निकाल्न मद्दत गर्नुका साथै क्रमशः मध्यम र दीर्घकालीन ऋणको दिगो व्यवस्थाहरू व्यवहारमा उतारिदिन पनि चीनले श्रीलङ्काका अन्य सबै ऋणदाताहरू, विशेष गरी बहुपक्षीय ऋणदाताहरूसँग अपील गरेको छ।

Facebook Comments