यमोरी पूर्णिमा फोटो फिचर
काठमाण्डौं, २०७९ मंसिर २२ गते बिहीबार । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवम् दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौँको बसन्तपुरमा आयोजित १९औँ राष्ट्रिय ज्यापू दिवस समारोहको उद्घाटन गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा/रासस
उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बसन्तपुरमा आयोजित सांस्कृतिक -यालीमा काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दुर शाक्य र हालका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी । तस्बिरः हरिराम भेटुवाल/रासस
योमरी पूर्णिमाका अवसरमा नेवारी समुदायहरुले काठमाडौँमा बिहीबार आयोजना गरेको सांस्कृतिक -यालीमा सहभागी कुमारीहरु । तस्बिरः हरिराम भेटुवाल/ रासस
काठमाडौँको बसन्तपुरमा बिहीबार आयोजित १९ औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागीहरु। तस्बिरः रोशन सापकोटा/रासस

