२०८३ भाद्र २२, सोमवार

सिरहा र ललितपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

       

भिओके समाचार/काठमाण्डू । सिरहा र ललितपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।

सिरहाको सिरहा नगरपालिका–११ भलुबाही चोकस्थित भित्री सडक(खण्डमा भदौ २१ गते राति ८:३० बजे चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको म।प्र।०१(००५ प ७१६६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको कलभर्टमा ठोकिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सिरहा नगरपालिका–१० नरहेया बस्ने ३५ वर्षीय राम सेवक कामतिको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा राति ९:०० बजे मृत्यु भएको हो।

यसैगरी, सिरहाकै मिर्चैया नगरपालिका–१ महादेव चोकस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा सोही राति ८:४० बजे म।प्र।०२(००१ त ३०१२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका–५ तिनतले खैरेनी बस्ने २९ वर्षीय काले भन्ने आसाराम मुसहर रहेका छन्। ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सरकारी अस्पताल मिर्चैया पठाइएकोमा चिकित्सकले राति ९:०० बजे मृत घोषणा गरेका थिए।

उता ललितपुरको महालक्ष्मी नगरपालिका–१ झिँडोल बाहुनधारा चोकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका नुवाकोट घर भई हाल महालक्ष्मी नगरपालिका–४ सितलहाइट बस्ने २४ वर्षीय असिस सुनारको किष्ट अस्पतालमा उपचारका क्रममा राति २:३० बजे मृत्यु भएको हो।

नेपाल प्रहरीका अनुसार प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो। मादक पदार्थ सेवन (मा।पा।से।) गरी सवारी चलाएको पाइएपछि मोटरसाइकल र त्यसमा सवार अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

Facebook Comments