Sun. Apr 28th, 2024

निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु, आफुले कानूनबाहिर गएर कुनै काम नगरेको जबराको जवाफ

चोलेन्द्रशम्शेर जबरा

काठमाण्डौं, २०७९ भदौं १५ गते बुधबार । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले आफुले कानूनबाहिर गएर कुनै काम नगरेको प्रष्ट पार्नुभएको छ ।

बुधवार महाभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको अभियोगको जवाफ दिँदै उहाँले आफुले संविधानभन्दा बाहिर गएर काम नगरेको र महाभियोगको प्रक्रिया पनि नमिलेको बताउनुभएको हो । उहाँले आफु भन्दा पछिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागी आफुलाई महाभियोग लगाइएको तर्क गर्नुभयो । उहाँले महाभियोगलाई संसदले समयमा नै किनारा नलगाएको भन्दै आपत्ती जनाउनुभयो । बुधबार जबरामाथि उठेका केहि प्रश्नका बारेमा सवालजवाफ भएको र बिहीबार पुन बयान हुने सांसदहरुले बताएका छन् ।

बैठकपछि कांग्रेस सांसद मीन विश्वकर्माले बयानको पहिलो दिन चार वटा प्रश्नमा छलफल भएको र सांसदहरुको प्रतिप्रश्न आएको बताउनुभयो । त्यस्तै माओवादी सांसद रेखा शर्माले बयान केहि दिन लम्बिन सक्ने बताउनुभयो । एमाले सांसद कृष्णभक्त पोखरेलले बयानपछि समितिले सत्यतथ्य निष्कर्ष निकाल्ने बताउनुभयो ।

फाल्गुन १ गते सत्तारुढ दलले महाअभियोग लगाएपछि प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

Facebook Comments