Sat. Apr 27th, 2024

शोभियत संघका पूर्व राष्ट्रपति मिखायल गोर्भाचोभको निधन

काठमाण्डौं, २०७९ भदौं १५ गते बुधबार । तत्कालिन शोभियत संघका पूर्व राष्ट्रपति मिखायल गोर्भाचोभको निधन भएको छ ।

दशकौंसम्म अमेरिकासँग कायम रहेको शीत युद्धको अन्त्य शान्तिपूर्ण तरिकाले गर्ने पूर्व सोभियत संघका आठौं तथा अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९८५ देखि सन् १९९१ सम्म सत्ता र शक्तिमा रहनु भएका गोर्भाचोभले तत्कालिन सोभियत संघलाई विश्वका लागि खुल्ला गरेर सुधारको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको थियो । भूगोल र शक्तिका हिसावले विश्वमै नामी कहलाएको तत्कालिन शोभियत संघले अमेरिका जस्तो महाशक्तिलाई पनि आफ्नो शासन कालमा आच्छुआच्छु पार्न सफल भएको बेला गोर्भाचोभले भने सोभियत संघको पतनलाई भने रोक्न सक्नु भएन । जसबाट यत्तिवेलाको रुसको उदय भयो र शोभियत संघ झण्डै १२ भागमा विभाजन भयो । नेता गोर्भाचोभको निधनमा विश्वभरबाट समवेदना प्रकट गरिएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रसले गोर्भाचोभको निधनप्रति शोक व्यक्त गर्दै विश्वले शान्तिका लागि अथक वकालतकर्ता गुमाएको बताउनु भयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लियन लगायतले गोर्भाचोभको प्रति समवेदना प्रकट गर्नुभएको छ ।

गोर्भाचोभ लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । तर उहाँको मृत्युको कारण भने सार्वजनिक गरिएको छैन । एजेन्सी

Facebook Comments