Mon. Apr 29th, 2024

नेपालमा चिनियाँ पर्यटन तथा संस्कृति सप्ताहको आयोजना हुँने

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १४ गते मंगलबार । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्र र चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले अनलाईनबाट नेपालमा चिनियाँ पर्यटन तथा संस्कृति सप्ताह, २०२२ को आयोजना गर्दैछन् ।

नेपालस्थित अनलाईन प्रयोगकर्ता नागरिकहरुलाई मध्यनजर गर्दै अनलाईनबाट नेपालमा चिनियाँ पर्यटन तथा संस्कृति सप्ताहको आयोजना गर्न लागिएको हो ।

सो कार्यक्रम अन्तर्गत आउदो सेप्टेम्वर १ तारिखदेखि १५ तारिखसम्म विभिन्न विषयवस्तुमा रंगिन साँस्कृतिक तथा पर्यटन कार्यक्रमहरु अनलाईनमार्फत देखाईने छ । कार्यक्रम आयोजक संस्थाका अनुसार ५ वटा विषयहरुमा द सिल्क रोड, यल्लो रिभर कल्चर, गरिबी न्यूनीकरणका लागि अमूर्त साँस्कृतिक सम्पदा, ग्रामीण पुनरुत्थान र शहर निर्माण रहेका छन् ।

सो कार्यक्रम मार्फत नेपाली जनताले राष्ट्रको आधुनिकीकरणको लागि पर्यटन र सँस्कृतिले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा बुझ्ने विश्वास आयोजक संस्थाहरुले गरेका छन् ।

Facebook Comments