गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
गोरखा, २०८१ पुस ८ गते सोमबार । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।
राससका अनुसार सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । “गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पु¥याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ”, नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, “नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।”
नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।
Facebook Comments