Mon. Nov 25th, 2024

विदेशबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम

काठमाण्डौं, २०७९ साउन ३० गते सोमबार । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ अनुसार पुनः एकीकरणका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

मन्त्रालयका सहसचिव राजीव पोखरेलले यस कार्यक्रममार्फत वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सीप, पुुँजी र प्रविधिलाई राष्ट्रहितमा उपयोग गरिने जानकारी दिनुुभयो । पुनः एकीकरण कार्यक्रमले विदेशबाट फर्केका युवाका लागि मुख्य रूपमा सामाजिकीकरण, आर्थिक सशक्तीकरण र सीप विकास कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुुभयो ।

वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिक र व्यवस्थापकीय सीपमूलक तालिम प्रदान गरी स्वदेशमै रोजगार तथा स्वरोजगारमा आबद्ध गरिनेछ ।

यो कार्यक्रम नयाँ भएकाले एकै पटक सञ्चालन गर्न नसकिने भएकाले चालू आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा धेरै श्रमिक गएका केही स्थानीय तहमा सञ्चालन गरिने पनि सहसचिव पोखरेलले जानकारी दिनुुभयो । उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा २० करोड रूपियाँ छुट्याएको छ ।

निर्देशिकाले कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सक्ने व्यवस्था गरेको भए पनि सङ्घ, प्रदेश तथा स्थानीय तह र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै श्रम गन्तव्यमा समस्या पर्ने, बिरामी हुने, अङ्गभङ्ग हुनेहरूको सङ्ख्यासमेत वृद्धि हँुदै गइरहेकाले उनीहरूलाई समाजमा एकीकरण र पुनस्र्थापना गरी स्वरोजगार बनाउने कार्यक्रमको लक्ष्य रहेको छ । स्वदेश फर्किएपछि आफ्नो समाज र परिवारमा स्थापित गराउन कुनै विधि, प्रक्रिया हुनुपर्छ भन्ने मान्यताअनुसार पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ ।

यस कार्यक्रमको प्राथमिकतामा वैदेशिक रोजगारीबाट पूर्ण असफल (आर्थिक, मानसिक र शारीरिक) भएर फर्केकालाई आर्थिक मानसिक हिसाबले समाज र परिवारमा पुनस्र्थापना गर्न उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने निर्देशिकामा उल्लेख छ । पुनः एकीकरण कार्यक्रमले सामाजिकीकरण, आर्थिक सशक्तीकरण र तालिमलाई आधार बनाए पनि यसका लागि मनोपरामर्श सेवा, औषधि उपचार, सचेतना, महिला श्रमिकका समस्या सम्बोधनलगायतका सामाजिकीकरण कार्यक्रम रहेका छन् ।

कार्यक्रम सञ्चालनका लागि बोर्डले स्थानीय तहसँग वित्तीय साझेदारीका आधारमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने योजना नै बनाइसकेको जनाएको छ । यसका लागि बोर्डले स्थानीय तहलाई अनुरोध गरेर ‘लेटर अफ इन्ट्रेस्ट’ अर्थात् आशयपत्र पठाउन अनुरोध गर्ने भएको छ । बोर्डले कार्यक्रमको दायरा फराकिलो बनाउन आगामी वर्ष उद्यमशीलता, सीप तालिम र वित्तीय सहयोगका लागि बैङ्क तथा वित्तीय संस्थासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि दुईवटा संरचना तयार भएको छ । केन्द्रमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्व कार्यक्रम समन्वय समिति र स्थानीय तहमा उपमेयरको संयोजकत्वमा अर्को समिति बनाएर पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

उत्पादन वृद्धि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनः एकीकरण गर्ने कार्यक्रम स्वयं युवा र देश दुवैलाई फाइदा पुुग्ने बताउनुुभयो । उहाँले भन्नुुभयो, “युवाले विदेशमा सिकेको सीप, पुँजी र ज्ञान स्वदेशमा उपयोग गर्दा देशमा उत्पादन बढाउँछ भने स्वयम् युवाले वैदेशिक रोजगारीका क्रममा सिकेको सीप र पुँजीले स्वदेशमा लगानी गर्दा स्वरोजगार भई आर्थिक र सामाजिक रूपमा लाभ लिन सक्छन् । त्यसले विदेशबाट फर्केका युवालाई मात्रै होइन देशलाई पनि प्रत्यक्ष फाइदा हुन्छ ।”

आइतबार राजधानीमा मन्त्रालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन’ विषयमा सरोकारवालासँगको छलफलमा श्रममन्त्री कुँवरले सो कुरा बताउनुभएको हो ।

पुनः एकीकरणको कार्यक्रम नयाँ भएकाले सबैतिर एकै पटक सञ्चालन गर्न सम्भव नहुने भन्दै उहाँले वैदेशिक रोजगारीबाट असफल भई सीप र पुँजीबिना फर्केकालाई बढी खाँचो भएकाले प्राथमिकता दिएर समेटिने बताउनुुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरणको कार्यक्रम प्रभावकारी कार्यान्वयन भएमा देशको उत्पादकत्व बढाउन महŒवपूर्ण हुने बताउनुुभयो । उहाँले भन्नुुभयो, “वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको सीप, पुँजी, ज्ञान, प्रविधि र अनुभव सदुपयोग गरेर कार्यान्वयन गर्न त्यति सजिलो देखिँदैन ।”  गोरखापत्र अनलाईन

Facebook Comments