Thu. Nov 14th, 2024

सर्वोच्चको आदेशपछि गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउनुहुने

काठमाण्डौ, २०७९ बैशाख १७ गते शनिबार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निरन्तर काम गर्न पाउनुहुने भएको छ ।

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउनुहुने भएको छ । सरकारले छानबिन गर्न समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारी सर्वाेच्चले वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश दिएपछि काममा फर्कनु भएको थियो ।

Facebook Comments