Mon. Dec 23rd, 2024

ग्रामथानमा कुन पार्टी बलियो ? यस्तो छ उपचुनावकाे अंकगणित

महेश भट्टराई/झोराहाट,२०८१ मंसिर ७ गते शुक्रबार । माेरङ क्षेत्र नम्बर ४ मा पर्ने ग्रामथान गाउँपालिकाकाे जम्मा कुल मतदाता संख्या २७ हजार ४३९ जना रहेको छ ।
यहीँ क्षेत्रका जनताको मत पाएर २०७९ सालको संघीय निर्वाचनमा काङ्ग्रेस,माओवादी केन्द्र पार्टीका गठबन्धन उम्मेदवार माओवादी नेता अमनलाल माेदीले ३०,६१२ मत प्राप्त गरेका थिए । एमालेका विनाेद प्रसाद ढकाल एक्लैले २४,४६३ मत प्राप्त गरेका थिए ।
त्यस्तैगरि २०७४ सालकाे संघीय निर्वाचनमा गठबन्धन दल माओवादी केन्द्र र एमालेका उम्मेदवार माओवादी केन्द्रका अमनलाल माेदीले ३३,५२९ मत प्राप्त गरि बिजय बन्दा , काङ्ग्रेसका उम्मेदवार महेश आचार्यले एक्लै २६,८०० मत प्राप्त गरेका थिए ।

यहीँ पालिकामा पर्ने प्रदेश तर्फ माेरङ क्षेत्र नम्बर ४ (क) मा २०७९ सालमा गठबन्धन दल काङ्ग्रेस , माओवादी केन्द्रका उम्मेदवार गुरूराज घिमिरेले १५,०५९ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार जयप्रकाश चाैधरी एक्लैले १५,४६५ मत प्राप्त गरि बिजय भएका थिए ।
२०७४ सालकाे निर्वाचनमा माेरङ क्षेत्र नम्बर ४ (क) बाट गठबन्धन दल माओवादी केन्द्र र एमालेका उम्मेदवार विजय विश्वासले १८,२८९ मत ल्याई विजय बन्दा काङ्ग्रेसका उम्मेदवार भक्ति माझीले १५,२२३ मत एक्लैले ल्याउन सफल भएका थिए ।

अहिले चुनावमा प्रतिस्पर्धामा रहेका तीन ठूला दल नेपाली काङ्ग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू क्रमशः बलराम सरदार थारू, तुलसीराम विश्वास र नमाेनारायण माझीमा माझीले राजनीतिक पास भएर एक कार्यकाल वडा अध्यक्ष हाँकेकाे अनुभव छ भने विश्वास र सरदार राजनीति पास भएर पालिका हाँक्ने सुरमा मैदानमा छन् । सरदारसँग राजनीतिक गरेको भने लामो अनुभव छ । त्यस्तै गरि विश्वास पनि ग्रामथानमा परिचित युवा र राजनीतिक गरेकाे अनुभव भएकामा नै चिनिन्छन् ।
यसरी माथिकाे जाेड, घटाउ हेर्दा ग्रामथानमा काङ्ग्रेस र एमाले नै प्रतिस्पर्धी देखिन्छन् भने नेकपा माओवादी केन्द्र कमजोर नै देखिन्छ । तर संघीय निर्वाचनमा गठबन्धन र जातिय हिसाबले माओवादी केन्द्र २ पटक सफल भएको छ । संघीय निर्वाचन जितेर क्षेत्र नम्बर ४ मा धेरै काम गरेको माओवादी केन्द्रकाे भनाइ छ तर पालिकामा अरूकाे पार्टीले सधैं जित निकालीरहेकाले पालिकाकाे काम गर्न अप्ठ्यारो भएको कारण यस चाेटी माओवादी केन्द्रले पालिकामा जितेमा संघ र पालिकाकाे कुरा मिल्ने र आगामी २ वर्षको कार्यकालमा पालिकामा ठूलै परिवर्तन ल्याउने भनाइ राख्दै जनतासँग माओवादी केन्द्रले भाेट मागिरहेको छ ।
यस पालिकामा पहिलो पटक चाैथाे ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले नविनकुमार विश्वास खवासलाई आफ्नो उम्मेदवारका रूपमा मैदानमा उतारेको छ । यस अघिकाे निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्रै उम्मेदवार उठाएको थियो ।

स्थानीय निर्वाचन नतिजा २०७९ ग्रामथान गाउँपालिकाकाे वडागत विवरण कुन पार्टी कुन स्थानमा ?
वडा १. सुरेशकुमार माझी (काङ्ग्रेस ७१८ विजय)
सत्यनारायण माझी ७०९ एमाले
नमाेनारायण माझी ५५४ स्वतन्त्र
तिलकराम चाैधरी २२७ माओवादी केन्द्र

वडा २. यादव खतिवडा ( एमाले १,३९५ विजय )
प्रकाशकुमार माझी ११९९ काङ्ग्रेस
जाेगेन्द्र उराँव ३६६ माओवादी केन्द्र

वडा ३. रमेशकुमार भगत ( माओवादी केन्द्र ६७४ विजय )
ओमनारायण खाँ ६३१ स्वतन्त्र
रामनारायण खाँ थारू ४७८ काङ्ग्रेस

वडा ४. बद्रीनारायण माझी (एमाले १,०९३ विजय )
वैजनाथ विश्वास ७८३ काङ्ग्रेस
सत्यनारायण विश्वास थारू ५९७ माओवादी केन्द्र

वडा ५. भेषनारायण चाैधरी ( एमाले १,१५९ विजय )
छेपधरण चाैधरी थारू ६३७ काङ्ग्रेस
भागेश्वर गच्छदार थारू ५०८ एकीकृत समाजवादी

वडा ६. वीर नारायण चाैधरी ( एमाले ८८३ विजय )
संन्जय कुमार माझी ८६५ काङ्ग्रेस
दिपेन्द्र विष्ट ३४७ स्वतन्त्र

वडा ७. वीरेन्द्र चाैधरी ( एमाले १,०७३ विजय )
रमेशकुमार माझी थारू ८५७ काङ्ग्रेस
आशानन्द मिर्धा १३५ माओवादी केन्द्र

स्थानीय निर्वाचन नतिजा २०७९ ग्रामथान गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षकाे मत विवरण कुन पार्टी कुन स्थानमा ?
अध्यक्ष जयप्रकाश गच्छदार थारू (काङ्ग्रेस ७,६०५ विजय )
शिवनारायण माझी ( एमाले ६,०९३)

गुणावती देवी थारू ( एमाले ६,१२३ विजय )
भुखनी कुमारी माझी ( काङ्ग्रेस ५,४४८)

प्रदेश सभा निर्वाचन नतिजा २०७९ कुन पार्टी कुन स्थानमा ?
माेरङ क्षेत्र नंं. ४(१)
जयप्रकाश चाैधरी १५,४६५ एमाले
गुणराज घिमिरे १५,०५९ काङ्ग्रेस
आशनारायण माझी थारू ३,५४८ राप्रपा

माेरङ क्षेत्र नं. ४(२)
भीम पराजुली ११,४७९ काङ्ग्रेस
जीवन घिमिरे ९,६९१ एमाले
माधवप्रसाद आचार्य ६,९३५ राप्रपा

प्रतिनिधिसभा निर्वाचन नतिजा २०७९ कुन पार्टी कुन स्थानमा ?
माेरङ क्षेत्र नम्बर ४
अमनलाल माेदी ३०,६१२ माओवादी केन्द्र
विनाेद प्रसाद ढकाल २४,४६३ एमाले
रवि रिजाल ७,४६८ राप्रपा

ग्रामथानमा विगतको मत परिणाम
निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या २७ हजार ४३९ जना रहेको छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत मात्रै ल्याएका थिए ।

 

पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्षको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत रहेको छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेशी जनअधिकार फोरम, नेपाल ९ लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसको कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।

Facebook Comments