Mon. Nov 25th, 2024

दक्षिण एसियामा सबैभन्दा बढी खुसी देश नेपाल र नेपाली

काठमाण्डौं, २०७८ चैत ५ गते शनिबार । विश्वमै सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ ।

सन् २०१९ देखि २०२१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको गोरखापत्र अनलाइनमा खबर छ। नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा छन्। १४६ वटा देशहरुको वर्गीकरणमा भूटान र माल्दिभ्सलाई समावेश गरिएको छैन्।

विश्वमा सबैभन्दा बढी खुसी हुने देशमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेडरल्याण्डस् क्रमशः पहिलोदेखि पाँचौ नम्बरमा छन् । खुसी हुने देशको सूचीमा सूचीकृत गर्न यस प्रतिवेदनमा जीडिपी, प्रति वर्षको वार्षिक आय, स्वस्थ जीवन र मृत्युदर, सामाजिक सुरक्षा, स्वतन्त्रता, भ्रष्टाचारसम्बन्धी विभिन्न मानकलाई प्रयोग गरिएको थियो ।

Facebook Comments