Fri. May 17th, 2024

संखुवासभाको चैनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डौं, २०७८ चैत ५ गते शनिबार । संखुवासभाको चैनपुर नगरपालिका-११ गहतेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत चैनपुर-११ गहतेमा प्रदेश १-०२-००३ त १५१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चाकलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चैनपुर नगरपालिका-३ पोखरीका २४ वर्षीय दिनाङ लिम्बु रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । शनिबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेर घाइते भएका लिम्बुको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट १० मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

Facebook Comments