Tue. Dec 24th, 2024

आजदेखि म्यादी प्रहरीको भर्ना खुल्यो

- स्थानीय तह चुनाव

फाईल फोटो

काठमाण्डौं, २०७८ चैत ६ गते आईतबार । सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खोलेको छ ।

आजदेखि ११ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ ।

आउँदो निर्वाचनलाई मध्यनजर गर्दै ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ ।

म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, ६ हजार पोसाक भत्ता र १ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।

स्थानीय चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग गरिएको छ ।

Facebook Comments